रमजान २०२४ को समयमा पाकिस्तानको कराँचीमा लुटपाटको प्रतिरोध गर्दा १९ जनाको ज्यान जानुका साथै ५५ जना घाइते

Everest Fuji News २०८१ बैशाख ३ मा प्रकाशित       Published at 2024 Apr 15


रमजान २०२४ को समयमा पाकिस्तानको कराँचीमा लुटपाटको प्रतिरोध गर्दा १९ जनाको ज्यान जानुका साथै ५५ जना घाइते भएका छन् ।

लुटपाटको प्रयासमा कराँचीमा १९ जना नागरिकको ज्यान जानुमा सशस्त्र लुटेराहरू जिम्मेवार रहेको एक प्रहरी अधिकारीले बताएका पाकिस्तानको एआरवाई न्युजले जनाएको छ । यस वर्षको अहिलेसम्ममा कराँचीमा लुटपाटसम्बन्धी घटनामा ५६ जनाको ज्यान जानुका साथै दुई सय जनाभन्दा बढी घाइते भएका खबरमा उल्लेख छ । नागरिक–प्रहरी सम्पर्क समिति (सीपीएलसी) को एक प्रतिवेदनअनुसार सन् २०२४ को पहिलो तीन महिनामा तीन सय ७३ कार, १५ हजार नौ सय ६८ मोटरसाइकल र छ हजार एक सय दुई मोबाइल फोन चोरी वा लुटपाट भएको छ । कराँचीका प्रहरी प्रमुख, अतिरिक्त महानिरीक्षक इमरान याकुबले अपराधको ठूलो हिस्सामा भित्री सिन्ध र बलुचिस्तानका सहित बाहिरी व्यक्ति संलग्न रहेको बताउनुभएको एआरवाई न्युजले जनाएको छ । उहाँले रमजान र ईद–उल–फित्रको समयमा कराँचीमा झन्डै चार लाख ‘पेसेवर’ भिकारी र आपराधिक मनसाय भएका व्यक्ति भेला हुने गरेका जानकारी दिनुभयो ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.