सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने : भारतीय राजदूत

Everest Fuji News २०८० फाल्गुन २५ मा प्रकाशित       Published at 2024 Mar 08


काठमाडौं /

नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन्। नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तसँग राजदूत श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने स्पष्ट गरे। हिजो  सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग डेढ वर्षदेखि जारी सहकार्य सन्तोषजनक रहेको बताएका हुन्।

श्रीवास्तवले नेपाल–भारतबीच सम्बन्ध मौलिक रहेको चर्चा गरे। उनले सम्बन्ध विगतमा जस्तै असल रहने प्रतिबद्धता जनाउँदै आपसी विश्वासका साथ सहयोग र लगानीका निरन्तर काम गर्ने पनि दाबी गरे।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.