एजेन्सी /
युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीले युद्धमा मारिेने आफना सैनिकहरुको विवरण सार्वजनिक गर्नुभएको हो । यद्दपी उहाँले घाइतेको संख्या भने खुलासा गर्नुभएन ।
रुसले युद्धमा युक्रेनका ३ लाख सैनिक मारिएको बताएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसको विवरण झुठो सावित गर्दै ३१ हजार सैनिक मारिएको दाबी गर्नुभएको हो ।विदेशी सहयोगमा भइरहेको ढिलाइका कारण युक्रेनलाई युद्धको सामना गर्न कठिन भएको भन्दै रक्षामन्त्री उमरोभले हरेक क्षेत्रमा अभाव झेलिरहेको युक्रेनले जसो तसो युद्धको सामना गरिरहेको प्रतिक्रिया दिनुभएको छ । रुस र युक्रेनबीचको युद्ध अहिले तेश्रो वर्षमा प्रवेश गरेको छ ।
युक्रेनका विभिन्न क्षेत्र कब्जा गर्ने क्रममा हजारौं सर्वसाधारणको मृत्यु भएको स्वीकार्दै जेलेन्स्कीले उनीहरुको वास्तविक संख्या यकिन नभएको जानकारी समेत दिनुभयो ।
यसअघि अमेरिकाले गत अगष्ट सम्ममा ७० हजार युक्रेनी सेना र १ लाख ८० हजार रुसी सेना मारिएको र दशौं हजार घाइते भएको दाबी गरेको थियो । यसैगरी बेलायतको रक्षा मन्त्रालयले युद्धका क्रममा हालसम्म ३ लाख ५० हजार रुसी सैनिक मारिएको अनुमान गरेको थियो ।
युक्रेनका रक्षामन्त्री रुस्तम उमरोभले युक्रेनका लागि पश्चिमा राष्ट्रहरुको सहयोगमा ढिलाइ भएको प्रतिक्रिया दिए लगत्तै जेलेन्स्कीले युद्धमा मारिएका आफना सैनिकहरुको विवरण सार्वजनि गर्नुभएको हो ।