जापानको (जाक्सा) ले आफ्नो नयाँ रकेटको सफल प्रक्षेपण

Everest Fuji News २०८० फाल्गुन ५ मा प्रकाशित       Published at 2024 Feb 17


 एएफपी/

जापानको अन्तरिक्ष निकाय जाक्सा ले आफ्नो नयाँ रकेटको सफल प्रक्षेपण गरेको छ । वर्षौँको ढिलाइ र यसअघिका दुई असफल प्रयासबाट निराशा भोगेको जाक्सालाई एच–थ्रीको सफल परीक्षणले उत्साहित बनाएको समाचार संस्था एएफपीले जनाएको छ ।

नयाँ पुस्ताको एच–थ्रीलाई स्पेसएक्सको फाल्कन ९ को प्रतिद्वन्द्वीको रूपमा प्रस्तुत गरिएको छ । यसले चन्द्रमाको सतहमा सामान पुर्‍याउने काम गर्न सक्ने जाक्साका अध्यक्ष हिरोशी यामाकावाले बताउनुभएको छ । वैज्ञानिकहरूले एच–थ्रीमा प्रयोग भएको विश्वकै पहिलो प्रविधिको परीक्षण महत्त्वपूर्ण रहेको बताएका छन् ।

गएको महिना चन्द्रमामा मानवरहित यानको सफल अवतरण गरेपछि जापान चन्द्रमाको सतहमा यान अवतरण गर्ने पाँचौँ देश बनेको छ । 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.