लुम्बिनी /
लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धस्थल लुम्बिनीमा फागुन २८ र २९ गते चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलनको तयारी तिव्र पारिएको छ।
शिखर सम्मेलनमा विभिन्न राष्ट्रका ९ जना नोबेल पुरस्कार विजेताको सहभागिता हुने निश्चित प्रायः भएको छ। ९ जना नोवेल पुरस्कार विजेतासँगै ३ सय बढी उच्चतहका विशिष्ट प्रतिनिधिहरूको सहभागितामा लुम्बिनी सरकारले शिखर सम्मेलन गर्न लागेको मुख्यमन्त्रीले बताए।
नेपालमा पहिलोपटक हुन लागेको सम्मेलनको तयारी तीव्र बनाएको आयोजक समितिले जनाएको छ। लुम्बिनीमा हुने शिखर सम्मेलनमा ९ जना नोबेल पुरस्कार विजेता सहभागिता हुने तय भएको छ। विश्वकै प्रतिष्ठित नोबेल शान्ति पुरस्कार विजेता सन् २०१५ का अब्देससतार वेन मौसा र विदेद बुसामाबुई, २०१४ का भारतका कैलाश सत्यार्थी, २०१३ का विजेता एरी वार्सल, २०११ का विजेताद्वय लेहम बोवी र टवाको कम्र्यान, सन् १९९७ का जोडी विलियम्स, १९९६ का जोजे रामोस ओर्टा र १९९३ का नोबेल शान्ति पुरस्कार विजेता रिचर्ड रोबर्ट्स सहभागी हुनेछन्