नाइजेरियामा एउटा विवाहबाट फर्किरहेका पाहुनाहरूलाई अपहरणकारीहरूले अपहरण गरेपछि कम्तीमा ३५ महिला बेपत्ता

Everest Fuji News २०८० माघ २४ मा प्रकाशित       Published at 2024 Feb 07


एएपी/

नाइजेरिया  उत्तरपश्चिमी नाइजेरियामा एउटा विवाहबाट फर्किरहेका पाहुनाहरूलाई अपहरणकारीहरूले अपहरण गरेपछि कम्तीमा ३५ महिला बेपत्ता भएको अधिकारीहरूले बताएका छन्।

कटसिना राज्यमा भएको सामूहिक अपहरण अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा हालै भएका अपहरणको शृङ्खलामा पछिल्लो सबैभन्दा ठूलो हो।

प्रहरी प्रवक्ता अबुबकर अलियुले साबुवा क्षेत्रमा विवाहबाट फर्किरहेका माथि संदिग्ध हतियारधारी डाकाहरूले आक्रमण गरी करिब ३५ महिलालाई अपहरण गरेको बताए।

राज्यको आन्तरिक सुरक्षा आयुक्त नासिरु मुआजले बेहुलीलाई बेहुलाको घर पुराउने क्रममा दामरी गाउँ फर्किंदै गर्दा ५० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको बताए।

‘अधिकारीहरूले गाउँको भ्रमण गरेका छन् र ५३ जनालाई लगिएको बताइएको छ’, उनले भने, ‘डाका लाग्ने क्षेत्रमा अँध्यारोमा नाचगान गर्दै बेहुलीलाई लिएर गाडी चलाउनु निकै जोखिमपूर्ण थियो, डाकाहरूले उक्त अवसरको फाइदा उठाए र उनीहरूलाई आफूसँगै लिएर गए।’

आयुक्त मुआजले बासिन्दाहरूसँग रातको समयमा यात्रा नगर्न आग्रह गर्दै सुरक्षाकर्मीले अपहृतहरूलाई खोज्ने र उद्धार गर्ने प्रयास गरिरहेको बताए।





प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.