काठमाडौं/
विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा केन्द्रित रहेर नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास सुरू भएको छ। अभ्यासमा नेपाली सेनाका ३५ र अमेरिकी सेनाका १० जना सहभागी छन्। विसं २०६० सालदेखि सञ्चालन हुँदै आएको नेपाल र अमेरिकीबीचको सैन्य अभ्यासको यो ४१औं संस्करण हो।
संयुक्त सैन्य अभ्यास छाउनी र नगरकोट इलाकामा अभ्यास गरिने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ। अभ्यास फागुन २४ गतेसम्म चल्नेछ।