अमेरिका/
नेपालको पर्वत जिल्लाको ग्रामीण परिवेशमा जन्मिएर अमेरिकाको मूलधारको राजनीतिमा आफूलाई खरो रुपमा उभ्याउनु भएका ह्यारीले मेरिल्याण्ड राज्यमा नेपाली मूलका पहिलो डेलिगेट डा ह्यारी भण्डारीले अमेरिकी संघीय संसदको तल्लो सदन कंग्रेसमा डिष्ट्रिक २ बाट उम्मेदवारीको घोषणा गरेका छन्।
उनको उमेदवारीले सोमबारबाट औपचारिक रुपमा प्रवेशसमेत गरेको छ। भण्डारीले डेमोक्र्याट पार्टीका तर्फबाट आगामी मे १४ मा हुने प्रारम्भिक निर्वाचनका लागि चुनावी अभियान घोषणा गरेको बताए।
अमेरिकाको मूलधारको राजनीतिमा विगत एक दशकदेखि सक्रिय रहेका डा ह्यारी भण्डारीले आफ्नो राजनीतिक यात्रालाई संघीय इकाईतर्फ अगाडि बढाएका हुन्।।
कंग्रेसमेनको रुपमा उमेदवारी घोषणा गर्नुभएका भण्डारीले पार्टीको आन्तरिक प्रतिस्पर्धामा हुने उक्त निर्वाचनमा विजयी भएको खण्डमा आगामी नोभेम्बरमा हुने चुनावमा डेमोक्र्याट पार्टीको तर्फबाट उमेदवार हुन पाउने छन्।
यसका लागि उम्मेदवारी दिनु एउटा पक्ष हो भने त्यसका लागि प्रभावकारी चुनावी क्याम्पेन चलाउनु अर्को तर निर्णायक पक्ष हो । मैले पहिलो पक्षको जिम्मेवारी पूरा गरेको छु र दोस्रो पक्षको जिम्मेवारी लिन अमेरिकाको नेपाली समुदायलाई हार्दिक आग्रह गर्दछु ।
यदि अमेरिकाको नेपाली समुदायका हरेक सदस्यले मेरो उम्मेदवारी नेपाल र नेपालीका लागि हो भन्ने आत्मसात गरेर गच्छेअनुसार सहयोगका रूपमा मुट्ठी दान गरिदिदनु भयो भने हाम्रो पक्षमा इतिहास बन्ने निश्चित छ । मसँग चुनावी क्याम्पेन सञ्चालन गर्ने पैसाबाहेक जीतका लागि चाहिने अरू सबै पृष्ठभूमि छ।
म सबै नेपालीलाई सहयोग गरिदिनु भई चुनावी क्याम्पेन सञ्चालनका लागि स्रोत जुटाइ दिनु हुन विनम्रतापूर्वक अनुरोध गर्दछु ।
समयले हाम्रो लागि हाम्रो जीवनकालमा ल्याएको यो सुनौलो मौकाको सदुपयोग गरौं यसबाट अमेरिकामा नेपाल र नेपाली अरू देखिने छन्, सुनिने छन्, विस्तारित हुने छन्।
हामीसँग समय धेरै छैन । आगामी मे १४ मा प्राइमरी निर्वाचन हुँदै छ। मेरो जीतका लागि निर्णायक चुनाव भनेकै यही डेमोक्रेटिक प्राइमरी हो । यो चुनाव जितियो भने नोभेम्बर ५ मा हुने आमनिर्वाचन एक किसिममको जीतको औपचारिकता मात्र हुने छ।
म यही प्रेस विज्ञप्तीमार्फत् अमेरिकामा रहेका सबै नेपाली सञ्चारकर्मी मित्रहरूलाई यो अभियानको मर्मलाई सम्पूर्ण नेपालीमा पुर्याइ दिन हार्दिक आव्हान गर्दछु । सम्भव हुन्छ भन्ने मेरो अभियानलाई इन्डोर्स गरेर आम नेपालीलाई सहयोगका लागि आव्हान गरिदिन पनि अनुरोध गर्दछु ।