२०६५ यता वैदेशिक रोजगारीमा गएका साढे १२ हजार नेपालीले विदेशमा ज्यान गुमाए

Everest Fuji News २०८० माघ १४ मा प्रकाशित       Published at 2024 Jan 28



दक्षिण कोरिया/

दक्षिण कोरियास्थित नेपाली दूतावासले ईपीएस कोरिया शाखालाई उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म २५० नेपालीको मृत्यु भएको छ । जसमा ६८ जनाले आत्महत्या गरेका छन् । त्यस्तै ६२ जनाको कुनै कारण नखुली मृत्यु भएको देखिन्छ । काम गर्दागर्दै ३० जनाले ज्यान गुमाएका छन् भने बिरामी भएर २२ जनाको मृत्यु भएको छ । त्यस्तै ४ जनाको समुन्द्रमा डुबेर तथा ३५ जनाको अन्य विभिन्न कारणले मृत्यु भएको छ ।
वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार २०६५ यता वैदेशिक रोजगारीमा गएका साढे १२ हजार नेपालीले विदेशमा ज्यान गुमाएका छन् । तीमध्ये एक हजार ३०० भन्दा बढीले आत्महत्या गरेका छन् ।कोरियामा मृत्यु तथा आत्महत्या न्यूनीकरणका लागि खासै पहल भएको देखिँदैन ।
आत्महत्या बढ्दो क्रममा रहेपछि सरकारले न्यूनीकरणका लागि पहल थालेको देखिन्छ । इपीएस कोरिया शाखाले कोरियास्थित नेपाली दूतावासलाई १० लाख रूपैयाँ पठाएको छ ।
‘हेप्पी होम रिटर्न’ कार्यक्रम अन्तर्गत कोरियामा रहेका नेपाली श्रमिकहरूलाई जनचेतना फैलाउन उक्त पैसा खर्च गरिने निर्देशक सुवेदीले बताए । उक्त कार्यक्रम अन्तर्गत कोरियामा रहेका नेपालीहरूलाई मानसिक रोगबारे जनचेतना दिने, इलिगिल बसिरहेकाहरूलाई काउन्सिलिङ गर्ने रहेका छन् ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.