यमनमा हुथी विरुद्ध अमेरिका र बेलायतले संयुक्त हवाई आक्रमण शुरु

Everest Fuji News २०८० माघ ९ मा प्रकाशित       Published at 2024 Jan 23


बीबीसी/

संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा विद्रोही समूह हुथीविरुद्ध संयुक्त हवाई आक्रमण शुरु गरेका छन् ।

नयाँ हवाई आक्रमणले हुथी समूहको भूमिगत भण्डारण, मिसाइल र यसको निगरानी क्षमतालाई लक्षित गरेको अमेरिकी रक्षा विभाग पेन्टागनलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

इरान समर्थित हुथीहरूले महत्त्वपूर्ण लाल सागर व्यापार मार्गबाट यात्रा गर्ने इजरायल र पश्चिमसँग जोडिएका जहाजहरूलाई निशाना बनाएपछि अमेरिका र बेलायतले स्वतन्त्र व्यापार वाणिज्यलाई जोगाउन प्रयास गरिरहेका खबरमा उल्लेख छ ।

यमनमा हुथी विरुद्ध अमेरिकाले गरेको यो आठौँ आक्रमण हो । गएको जनवरी ११ मा पनि अमेरिका र बेलायतले हुथी समूहमाथि संयुक्त आक्रमण गरेका थिए । 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.