काठमाण्डौ /
न्युजिल्यान्डका बलर टिम साउदीले पाकिस्तानसँगको पहिलो टी–२० खेलमा कीर्तिमान बनाएका छन् ।
न्युजिल्यान्डका तीव्र गतिका बलर साउदी टी–१० अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ५० विकेट लिने पहिलो खेलाडी बनेका छन् । साउदीभन्दा पछि बङ्गलादेशका शाकिब अल हसन र अफगानिस्तानका राशिद खान रहेका छन् । शाकिबले १ सय ४० र राशिदले १ सय ३० विकेट लिएका छन् ।
आज भएको पहिलो खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ४६ रनले हराउँदा टिम साउदीले यो उपलब्धि हासिल गरेका हुन् । यो खेलमा साउदीले ४ ओभरमा २५ रन दिँदै ४ विकेट लिए ।
साउदीले न्युजिल्यान्डका लागि सन् २००८ मा टी–२० मा डेब्यु गरेका थिए । उनले १ सय १८ वटा टी–२० खेलेका छन् ।