इजरायल र लेबनानको विद्रोही समुह हिजबुल्लाहबिच सीमा क्षेत्रमा भिडन्त जारी

Everest Fuji News २०८० पुष २७ मा प्रकाशित       Published at 2024 Jan 12


 इजरायल र लेबनानको विद्रोही समुह हिजबुल्लाहबिच सीमा क्षेत्रमा भिडन्त जारी छ ।

सोही क्रममा इजरायली हमलामा हिजबुल्लाहका चार सदस्यको मृत्यु भएको बताइएको छ । इजरायली सेनामाथि हिजबुल्लाहले ड्रोन हमला गरेलगत्तै इजरायलले गरेको आक्रमणमा चार जना मारिएका हुन् ।

इजरायलले मारिनेमा एक जना हिजबुल्लाहको दक्षिणी युनिटका कमाण्डर भएको जिकिर गरेपनि हिजबुल्लाहले भने अस्वीकार गरेको छ । लेबनानको नबातीह क्षेत्रमा कारमा सवार उनीहरुमाथि इजरायलले मिसाइल आक्रमण गरेपछि उनीहरु मारिएका हुन् ।

हिजबुल्लाहका शीर्ष कमाण्डर बिसाम ताविल मारिएको बदलामा लडाकुहरुले इजरायलमाथिको आक्रमण तीब्र पारेका छन् । उता गाजापट्टीमा इजरायल र हमासबीच गत अक्टोबरदेखि जारी युद्धका क्रममा हालसम्म २४ हजार बढी प्यालेस्टेनीको मृत्यु भइसकेको छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.