इक्वेडरको राजधानी क्विटोको उत्तरी भागको मुख्य सडकमा हिंसा,१० जनाको मृत्यु

Everest Fuji News २०८० पुष २७ मा प्रकाशित       Published at 2024 Jan 12


 इक्वेडरमा सामुहिक हिंसामा परेर १० जनाको मृत्यु भएको छ । इक्वेडरको राजधानी क्विटोको उत्तरी भागको मुख्य सडकमा हिंसा भएको थियो ।

मुख छोपेका बन्दुकधारीले सर्वसाधारणहरुमाथि गोली प्रहार गरेका थिए । उनीहरुले प्रहरी चौकी, टेलिभिजनहरुमा आक्रमण गर्नुका साथै सवारीसाधनहरुमा आगजनी समेत गरेका थिए ।

उनीहरुको आक्रमणबाट १० जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा दुई जना प्रहरी अधिकारी रहेको बताइएको छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.