७ महिना हिरासतमा बसेका भुटानी शरणार्थी नेता रिजाल रिहा

Everest Fuji News २०८० पुष ११ मा प्रकाशित       Published at 2023 Dec 27


काठमाडौँ/

७ महिना हिरासतमा बसेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल   आज रिहा भएका छन। उच्च अदालत पाटनको आदेशमा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धाराले रिजाललाई धरौटी बुझाएपछि रिहा गरेको हो। अदालतले १५ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो।

काठमाडौँ जिल्ला अदालतमा आइतवार बेलुकी धरौटी रकम बुझाएका रिजाल बुधवार मात्रै रिहा भए। रिजालले रिहा हुनुअघि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिए।

रिजाल अब पुस २० गते काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ। सम्पत्ति शुद्धीकरणले माघ १५ गते उनलाई हाजिर हुन भनेको छ। रिजालले विभागमा थप धरौटी बुझाउनु परेको छ। अख्तियारमा भने रिजालको बयानमात्रै भएको छ।

रिजाललाई स्वागत गर्न मानवअधिकारवादीहरूको टोली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै पुगेको थियो।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.