काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती हुने नेपालीहरूको संख्या २ सय रहेको औपचारिक जानकारी आएको बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कोही भिजिट भिसा र कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय नेपालीहरू रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरूको अध्ययन र खोजि कार्य भइरहेको बताए।
उनले रुसी सेना बनेका नेपालीहरू कोही युक्रेनको कब्जामा रहेको र केही नेपालीहरू युक्रेनी सेनामा रहेको पनि औपचारिक जानकारी आएको बताए। उनले हमास आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढिरहेको पनि बताए।