इजरायल र हमासबीच फेरि युद्धविरामका लागि प्रयास हुदै

Everest Fuji News २०८० मंसिर २५ मा प्रकाशित       Published at 2023 Dec 11


कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले इजरायल र हमासबीच फेरि युद्धविरामका लागि प्रयास भइरहेको बताउनु भएको छ ।

उहाँले गाजा क्षेत्रमा नयाँ युद्धविराम र हमासको कब्जामा रहेका बन्धकहरूलाई मुक्त गर्न मध्यस्थताको प्रयास जारी रहेको बताउनु भएको हो । तर, लगातारको बमबारीको घटनाले जटिलता ल्याएको उहाँले बताउनु भएको छ ।

यसअघि कतारकै प्रयासमा इजरायल र हमासबीच सात दिनको अस्थायी युद्धविराम भएको थियो । गएको अक्टोबरमा प्यालेस्टाइनको विद्रोही समूह हमासले आक्रमण थालेपछि इजरायलले पनि आक्रमण गरिरहेको छ ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.