इजरायली सेना गाजापट्टीको दक्षिणी क्षेत्रमा प्रवेश गरेको छ। इजरायली सेनाले गाजाको खान युनिस शहरको उत्तरी क्षेत्रबाट स्थलगत आक्रमण शुरु गरेको बिबिसी ले जनाएका छ।
इजरायलले सुरुवातमा गाजा पट्टीका अस्पतालहरू घेरा हाल्न शुरु गरेको छ। अस्पतालमा घेरासँगै इजरायलले अन्धाधुन्ध बमबारी शुरु गरेको छ। प्यालेस्टाइन रेड क्रिसेन्टले इजरायली बमबारीका कारण गाजामा दूरसञ्चार सेवा बन्द भएपछि आफ्ना टोलीहरूसँग सम्पर्क टुटेको बताएको छ।
यसैबीच प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले ‘प्यालेस्टिनी राज्यको अभिन्न अङ्ग’ रहेको गाजा पट्टीको कुनै पनि भागलाई अलग गर्ने इजरायलको योजना मान्य नहुने प्रतिक्रिया दिएका छन्। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिससँगको टेलिफोन वार्तामा अब्बासले गाजा पट्टीमा प्यालेस्टिनी जनतामाथि भइरहेको आक्रमण तत्काल रोक्न र विनाशको विपत्तिबाट सर्वसाधारणलाई जोगाउन आग्रह गर्नुभएको छ।