सीएनएन/
हमासले थप ११ जना बन्धकहरूलाई रिहा गरेको छ। त्यसको बदलामा इजरायलले पनि थप ३३ प्यालेस्टिनीहरूलाई रिहा गरेको छ। हमासद्वारा बन्धक बनाइएका नेपाली विपिन जोशी भने अहिले रिहा गरेको सुचीमा पनि परेका छैनन्।
हमासले सोमबार राति ११ जना इजरायली नागरिकलाई रिहा गरेको हो। जसमा ९ बालबालिका र २ महिला रहेका छन् ।
अर्कोतर्फ इजरायलले पनि देशका विभिन्न जेलमा रहेका ३० बालबालिका र ३ महिलासहित ३३ प्यालेस्टिनीलाई रिहा गरेको छ । सीएनएनका अनुसार इजरायलले हालसम्म आफ्नो जेलबाट १५० प्यालेस्टिनीहरूलाई रिहा गरेको छ भने हमासले ६९ जना बन्धकहरूलाई रिहा गरेको छ। जसमा ५० इजरायली बन्धक र १९ विदेशी नागरिक रहेका छन् । मङ्गलबार इजरायल र हमासबीच जारी युद्धको ५३ औं दिन हो।