काठमाडौँ । गाजास्थित हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशी सुरक्षित रहेको पाइएको छ। गत असोज २० गते इजरायली भूमिबाट उनी हमास समूहको कब्जामा रहेका थिए। इजरायलस्थित नेपाली दूतावासले उनी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको रिपोर्टिङ परराष्ट्र मन्त्रालयलाई गरेको परराष्ट्र मन्त्री एनपी साउदका स्वकीय सचिव दीपक जोशीले जानकारी दिएका हुन् ।‘उनी सुरक्षित रहेको आधिकारिक जानकारी आएको छ । अब उद्धारको लागि सरकारले थप सक्रियता देखाउने छ,’ उनले भने । सुरक्षित रहेका जोशीलाई छुटाउनको लागि पहल भइरहेको उनले बताए ।
यद्यपि इजरायलस्थित नेपाली दूतावासले भने सोमबार विज्ञप्ति जारी गर्दै जोशी सम्पर्कविहीन नै रहेको र उनको खोजी कार्य जारी रहेको बताएको छ ।