जलविद्युत्, हरित पूर्वाधार, सूचना प्रविधि, पर्यटनलगायतमा लगानी भित्र्याउने उद्देश्य बेलायतमा आज नेपालको लगानी सम्मेलनहुँदै छ।
बेलायतबाट नेपालको जलविद्युत्, हरित पूर्वाधार, सूचना प्रविधि, स्वास्थ्य, पर्यटन तथा शिक्षालगायतका क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यसहित मंगलबार लन्डनमा लगानी सम्मेलन हुँदै छ । बेलायतस्थित नेपाली दूतावासको आयोजनामा त्यहाँको सिटी अफ लन्डनको मेनसिन हाउसमा लगानी सम्मेलन हुनेछ ।
दूतावासले बेलायतको परराष्ट्र मन्त्रालय तथा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टको सहयोगमा उक्त सम्मेलन गर्न लागेको हो । बेलायतका स्थानीय बैंकहरू, दातृनिकाय तथा लगानीकर्ताबाट नेपालको जलविद्युत्लगायतका पूर्वाधार आयोजनामा लगानी भित्र्याउने सम्मेलनको उद्देश्य छ ।