काठमाडौं
इजरायलमा हमास आक्रमणमा मारिएका बाँकी दुई जना नेपाली विद्यार्थीको शव पहिचान भएको छ। इजरायलको तेल अविवस्थित नेपाली दूतावासले राजेश कुमार स्वारंकर र आनन्द साहको शव पहिचान भएको जानकारी दिएको छ।
दूतावासका अनुसार पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव पहिचान भइसकेको छ। पाँच जनाकै शव आवश्यक प्रक्रिया पूरा गरेर नेपाल पठाइने दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ।