नेपालमा विगत २० वर्षमा भएका परिवर्तन र उपलब्धीहरू आश्चर्यजनक : महासचिव, संयुक्त राष्ट्रसंघ

Everest Fuji News २०८० कार्तिक १२ मा प्रकाशित       Published at 2023 Oct 29


काठमाडौं/

 संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका १० जना नेपालीप्रति दुस्ख व्यक्त गरेका छन्। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुसँगको भेटपछि महासचिव गुटेरेसले हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति दुस्ख व्यक्त गरेका हुन्।

महासचिव गुटेरेसले सर्वसाधारणको ज्यान जानेगरी भएको आक्रमण अस्विकार्य भएको उनले बताए। उनले तत्काल युद्धको अन्त्य गर्न दुवैपक्षलाई आग्रह गर्दै कब्जा लिएका नागरिकहरूलाई विनाशर्त रिहाइ गर्न आग्रह गरे। महासचिव गुटेरेसले सबैपक्षले अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्नुपर्ने बताए।

गाजाको पछिल्लो अवस्था गम्भीर बन्दै गएको उनले बताए। महासचिव गुटेरेसले इजरायलले गाजामाथि निरन्तररुपमा सैनिक आक्रमण गरिरहेको बताए। सर्वसाधारणको ज्यान जानेगरी भएको आक्रमण अस्विकार्य भएको उनले बताए।

फरक प्रसंगमा उनले नेपाल र संयु्क्त राष्ट्रसंघको सम्बन्ध थप मजबुत बनाउन काठमाडौं आएको बताए।  नेपालमा विगत २० वर्षमा भएका परिवर्तन र उपलब्धीहरू आश्चर्यजनक रहेको उनको भनाइ छ। उनले भने,ुगणतन्त्र मुलुक बन्नु, शान्ति स्थापना हुनु र दिगो विकासमा नेपालले ठूलो सफलता हाँसिल गरेको छ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.