काठमाडौँ /
नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका नेपालीको प्यालेस्टाइनी हमास समूहको आक्रमणमा गुमाएका १० जना नेपालीमध्ये ४ जनाको शव इजरायल सरकारले नेपाली दूतावासलाई बुझाएको छ । नेपाली राजदूत कान्ता रिजाल र इजरायल सरकारको प्रतिनिधिहरूले मृतकहरु प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । चार जना विद्यार्थीको शव शनिवार दिउँसोको १ः२५ बजे प्लाई दुबईको उडानबाटनेपाली समयअनुसार आइतवार काठमाडौँ पुग्ने छ ।साथै अन्य शव पहिचानको काम क्रमशः भइरहेको दूतावासले जनाएको छ ।