एक्लै खुम्बु भ्रमणमा आएकाजर्मन नागरिक ५ दिनपछि फेला

Everest Fuji News २०८० आश्विन ३० मा प्रकाशित       Published at 2023 Oct 17


सोलुखुम्बु स् सगरमाथा क्षेत्रमा सम्पर्कविहीन जर्मन नागरिक ५ दिनपछि फेला परेका छन्। गत शुक्रबारदेखि सोलुखुम्बुको खुम्बु क्षेत्रमा सम्पर्कविहीन बनेका जर्मनी नागरिक डा।साखर गम आज सोमबार लबुचेमा फेला परेको प्रहरी श्रोतले बताएको छ।

एक्लै खुम्बु भ्रमणमा आएका गमलाई लबुचेस्थित एक होटलमा बिरामी अवस्थामा फेला पारिएको बताइएको छ। गत शुक्रबार काठमाडौंबाट जहाज मार्फत लुक्ला ओर्लिएका ७६ वर्षीय गम त्यसपछि सम्पर्कविहीन भएको भन्दै नेपाल स्थित जर्मन दूतावासले सोलुखुम्बु प्रहरीलाई खबर गरेका थिए।

त्यसपश्चात नेपाल प्रहरी, सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल मानव अधिकार संगठन लगायतले खोजी कार्यलाई तीव्र पारेको थियो। सो विषयमा थप अनुसन्धान भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.