बन्धक बनाएकाहरूलाई मृत्युदण्ड दिनेसम्मको हमासको चेतावनी

Everest Fuji News २०८० आश्विन ३० मा प्रकाशित       Published at 2023 Oct 17


काठ्माडौः हमासले बन्धक बनाएकाहरूलाई मृत्युदण्ड दिनेसम्मको चेतावनी दिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलसँगको युद्धबारे इजरायली नेतासँग कुराकानी गर्ने तयारी गरिरहेका बेला ह्वाइट हाउसले हमासको चेतावनीलाई गम्भीरतापूर्वक लिएको बताएको छ ।

प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि गएको शनिवार आक्रमण गरी केहीलाई अपहरण गरेको छ । घटनामा कम्तीमा ११ जना अमेरिकी नागरिकको ज्यान गएको छ । बाइडेनले ह्वाइट हाउसबाट पछिल्लो अवस्थाबारे सम्बोधन गर्ने तयारी गरेको सीएनएनले जनाएको छ ।

हमासले झण्डै १ सय ५० जनालाई बन्धक बनाएको विवरण छ । यसमा बालबालिका, वृद्धवृद्धा र युवाहरू समेत रहेका छन् । शनिवारयता युद्धमा मारिनेको सङ्ख्या एक हजार सात सय ५० जनाभन्दा धेरै पुगेको छ ।

इजरायलतर्फ एक हजार आठ जना र प्यालेस्टिनतर्फ सात सय ६५ जनाको शव भेटिएको अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.