१० जना नेपालीको मृत्युको र शव नेपाल ल्याउन लाग्ने सबै खर्च इजरायल सरकारले नै बेहोर्ने

Everest Fuji News २०८० आश्विन २८ मा प्रकाशित       Published at 2023 Oct 15


गत शनिवार गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको र शव नेपाल ल्याउन लाग्ने सबै खर्च इजरायल सरकारले नै बेहोर्नेछ । सबै प्रकृया पुरा गरेर नेपाल पठाउने भन्ने कुरा छ । कति समयमा नेपाल पठाउँछन् भन्ने यकिन भएको छैन् ।  

मृत्यु भएका उनीहरुको शव नेपाल ल्याउन ढिलाइ भइरहेको छ । इजरायलमा धेरैको मृत्यु भएकाले उनीहरुको पहिचानमा समस्या भएको भन्दै इजरायल सरकारले त्यो प्रकृया पुरा गरेपछि शव नेपाल पठाउने भएको हो ।यसअघि शुक्रबार राति २५४ जना नेपाली विद्यार्थीको उद्धार गरिएको थियो । त्यसका लागि परराष्ट्रमन्त्री एनपी साउद आफै इजरायल पुगेका थिए । त्यहाँ रहँदा विमानस्थलमा इजरायल विदेश मन्त्रालयका उच्च अधिकारी र सुरक्षा निकायका अधिकारीहरुसँग भेट गरेका थिए ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.