इजरायलमाथि गरेको आक्रमण निन्दानिय : प्रधानमन्त्री , क्यानडा

Everest Fuji News २०८० आश्विन २३ मा प्रकाशित       Published at 2023 Oct 10


एजेन्सी/

 क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रु्डोको कार्यालयले एक विज्ञप्ति जारी गर्दै आतंकवादी संगठन हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दा गर्दै इजरायलको समर्थन गरेको छ।

ुआतंकवादी संगठन हमासले इजरायलमाथि सुनियोजित ढंगले आक्रमण गरेको छ। क्यानडाले आक्रमणको कडा शब्दामा र अन्तर्राष्ट्रिय कानुनअनुसार निन्दा गर्दछ। इजरायलको अधिकार र रक्षाका लागि समर्थन गर्दछ, विज्ञप्तिमा भनिएको छ।

इजरायलमाथिको आक्रमणले स्तब्ध बनाएको भन्दै प्रधानमन्त्री ट्रुडोले बन्धकहरूलाई तुरून्त रिहा गर्न माग गरेका छन्। उनले भनेका छन्(ुहामी यस क्षेत्रमा शान्ति र सुरक्षा पुनर्स्थापना गर्न हाम्रा अन्तरर्राष्ट्रिय साझेदारहरूसँग सम्पर्कमा छौं। हामी सबैले आम जनताको सुरक्षाको लागि काम गर्नुपर्छ।शनिबार बिहानदेखि हमासले इजरायलमाथि आक्रमण सुरू गरेको हो। इजरायलले पनि हमासविरुद्ध जवाफी आक्रमण गरिरहेको छ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.