काठमाडौं ,
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ले आज नेपाल–चीन बिजनेस समिटको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्। १९ औं एसियाली खेलकुदको उद्घाटनका लागि हाङ्चाओ पुगेका प्रधानमन्त्री प्रचण्ड आज चीनको राजधानी सहर बेइजिङ आउन लागेका हुन्। उनी आइतबार बिहान ११ बजे आइपुग्ने कार्यक्रम रहेको छ।
चीनस्थित नेपाली राजदूतावासको समन्वयमा चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसीपीआइटी र नेपाल उद्योग वाणिज्य महासंघले सम्मेलनको आयोजना गरेका हुन् ।