यस पटक म उपाध्यक्षमा उम्मेदवारी दिदैछु : रामशरण सिम्खडा. गैर आवासीय नेपाली संघ बेलायत

Everest Fuji News २०८० भदौ २८ मा प्रकाशित       Published at 2023 Sep 14



बेलायतको नेपाली डायस्पोरामा एउटा छुट्टै पहिचान र परिचय बोकेको नाम हो राम शरण सिम्खडा ! सन् २००१ मा बेलायत बसाई सरेपछि पनि नेपालकै पदचाप पछ्याउंदै सामाजिक जमघट, सरसहयोग र आत्मियता लाई उनले भुल्न सकेनन, त्यसले विदेशिएका नेपालीहरुलाई एउटा मालामा जोडेर प्रबासिएका जनशक्तिले विदेशमा आफुले हासिल गरेको ज्ञान, शिप, दक्षता र पुजीलाई मातृभूमिको सम्बृद्दीको लागी प्रयोग गर्दै नेपालको आर्थिक विकाश गर्न लगानी भित्राउने उद्देश्यले स्थापित गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद बेलायतको स्थापना गर्न रामशरण सिम्खडा अग्रणू भुमिकामा रहे ।

गैर आवासीय नेपाली संघ बेलायतको शुरुवाती दिनहरुलाई कसरी सम्झनु हुन्छ भन्ने प्रश्नको जवाफमा सिम्खडा भन्नु हुन्छ, “नेपालमै रहंदा अन्तराष्ट्रिय दातृसंस्थाको दशकौ र संघ संस्थाहरुको राष्ट्रिय संजालमा केही बर्ष काम गरेको अनुभवले बेलायत आएदेखिनै यस्ता संजालहरुमा आबद्धता प्रति अभिरुची रह्यो – आपसी भाईचारासंगै नेपालसंग जोडिने र संसारभरी संजाल विस्तार गर्ने यस संस्थाको लक्षले झनै आकर्षित गर्यो' । शुरुका दिनमा पनि एनआरएनमा लाग्ने भनेको लगानी गर्न सक्ने, धनाद्दे र मनग्ये खर्च गर्न सक्ने हुनु पर्छ भने कमजोर बुझाईले अध्यक्ष बनिदिन अनुरोध गर्दै चिरन्जिबी ढकाल र उनले, धेरै व्यापारी तथा कुलिन घरानाको ढोका चाहारेको तितो यथार्थ सम्झिन्छन !

सन २०११ मा गैर आवासीय नेपाली संघ बेलायतको राष्ट्रिय संयोजक (हालको महासचीव) पदमा आफ्नो अत्यन्तै सफल कार्यभार सम्हाले पछी कार्यकारी रुपमा २०१७- २०१९ मा गैर आवासीय नेपाली संघ बेलायतको तर्फबाट आइसीसी सदस्य हुनुभएको सिम्खडा त्यस कार्यकालमा परोपकार तथा मानबिय सहयोग बिभागको सदस्य सचिव भइ काम गरे भने २०१९-२१ कार्यकालमा केन्द्रीय नीति निर्माण समितिको संयोजक रहे । राष्ट्रिय परिषद र अन्तर्राष्ट्रिय परिषद बीचको सम्बन्धमा कस्तो खाडल छ भनेर जिज्ञाशा उनि भन्छन् ''हाल आईसीसीले एनसीसीलाई चिनेको तर माया नगरेको अवस्था हो – यो तौर तरिकाले संगठन लामो समय टिक्न सक्दैन । हाम्रो कार्यशैली, जन अपेक्षा र धरातलिय अवस्थाको शुष्म मुल्याङ्कन गर्दै २१औ शताब्दी सुहांउंदो सांगठानिक संरचना र कार्यशैली अपनाए मात्र यो संगठन दिगो र भरपर्दो हुनेछ”।

 गैर आवासीय नेपाली संघ भित्र मौलाउदै गएको विकृति र स्वार्थको कारण २०२१-२३ को कार्यकालले जम्बो टिम निर्माण गर्नु पर्यो, संसारभर छरिएर रहेका पंजीकृत सदस्यहरुमा नैराश्यता छायो तर यहि कार्यकालमा उपमहासचिवको जिम्मेवारी सम्हाल्नु भएका राम शरण सिम्खडा, यस कार्यकालमा गैर आवासीय नेपाली संघले गरेका महत्वपुर्ण काम हरु यसरी सम्झनु हुन्छ, ''हो हामीले संस्थालाई शिर देखी तिरै सम्म २ भागमा फुटाउनु भन्दा गाली नै सहौला, आलोचनाको बाढी नै आउंछ भन्ने थाहा हुंदा हुंदै पनि बिष निलेर निलकण्ठ बनौ तर संस्था दुईचिरा हुन नदिऔ भनेर बहुपदिय अबधारणामा गयौ र अहसज हुंदा हुंदै पनि स्वीकार्यौ तर यसै बिचमा पनि एनआरएनका केही थातिरहेको मुद्धाहरुले यसै कार्यकालमा मुर्तरुप पाएको छ जस्तै संबिधान प्रदत्त गैरआवासीय नेपाली नागरीकताको ऐेन दुवै सदनले पास गरेता पनि महामहिम राष्ट्रपतिबाट स्वीकृत भइ सरकारले ऐन समेत बनाएको अवस्था छ, लाखौ श्रमिकहरुसंग परोक्ष सरोकार राख्ने सामाजिक सुरक्षा नीति लागु भइ सकेको अवस्था छ – यस्ता सरकारसंग आम गैरआवासीय नेपालीको सरोकारहरुले सार्थकता यसै पालामा पाउन सफल भएको छ।“

 गैर आवासीय नेपाली संघभित्र विमती, असमझदारी, विकृति छन्, यिनै चुनौतिहरुको सामना गर्न र सबैले सोचेजस्तो सुन्दर संस्था निर्माण गरी योगदान दिन आफु लालायित रहेकोले यस पटकको महाधिबेशनमा उपाध्यक्षमा प्रत्यासी रहेको जानकारी गराउनु भयो । एनआरएनका प्रत्येक सभा समारोहमा सरिक हुन रुचाउने सिमखडा संगठन भित्रका आन्तरिक बिषयका ज्ञाता मानिन्छन भने संगठविधिविधान अनुरुप संचालन गर्न आन्तरिकरुपमा पनि अभियान चलाउने ब्यक्ति हुन । प्रत्येक बैठकका विषयबस्तुमा अध्ययन र तर्क सहित प्रस्तुत हुने उनी यूके महासचिव हुंदा उनैको सोच र पहलमा स्थापित पत्रकारीता पुरस्कार लगायत च्यारिटीका कामबाट समेत बेलायत लगायत अन्तराट्रिय जगतमा परिचित छन



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.