मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना कार्यान्वयन सुरु .............

Everest Fuji News २०८० भदौ १३ मा प्रकाशित       Published at 2023 Aug 30


काठमाडौं ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना कार्यान्वयन सुरु भएको छ ।गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीएनेपाल) को सञ्चालक समिति बैठकले भदौ १३ लाई इन्ट्री इन टु फोर्स (ईआईएफ) मिति तोकेको थियो । यससँगै आजबाट पाँच वर्ष भित्र परियोजनाको निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।

सन २०२३ को अगष्टबाट गणना शुरु भएर २०२८ को अगस्टमा आयोजना सम्पन्न भइसक्नु पर्नेछ । अर्थ मन्त्रालय र एमसीसीबीच २०७४ भदौ २९ (२०१७ सेप्टेम्बर १४) मा भएको सम्झौता २०७८ फागुन १५ गतेको संसद् बैठकबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको थियो। सम्झौता भएको ६ वर्षपछि परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो ।पहिलो पटक सम्झौतामा २०७७ असार १६ गते (२०२० जुन ३०) देखि ईआईएफ सुरु हुने भनिएको थियो तर एमसीसी कम्प्याक्ट संसद्‌बाट अनुमोदन गर्ने विषय लामो समयसम्म विवादित बन्दा पुर्व तयारीका कामहरु समयमै भएपछि ढिला भएको हो । समग्र परियोजनामा हुने खर्चको अनुमान ६३ करोड अमेरिकी डलर रहेको थियो ।

तर अहिले यो लागत बढेर ६९ करोड ७० लाख अमेरिकी डलर पुगेको छ। यो सम्झौतामा तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले हस्ताक्षर गरेका थिए । यो आयोजनामा नेपाल सरकारले १३ करोड अमेरिकी डलर लगानी गर्नुपर्ने गरी सम्झौता भएको थियो ।





प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.