राजस्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा काठमाडौंको ठमेलस्थित भियाना होटलबाट शनिबार राति तिब्बती मूलका बेल्जिमयका नागरिक दावा छिरिङलाई पक्राउ गरेको छ । छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका पात्र हुन् ।
उनी यसअघि कल बाइपास गर्ने चिनियाँ गिरोहसँग पनि संलग्न थिए । स्रोतका अनुसार उनको नेपालका केही उच्च नेताहरुसँग राम्रो हिमचिम छ । पछिल्लो पटक सुन तस्करी गिरोहसँगसमेत छिरिङको सम्पर्क रहेको देखिएकोले पक्राउ गरिएको विभाग स्रोतले जनाएको छ ।
यसैबीच शनिबार राति टोखाको एक प्रिफ्याब हाउसमा छापा मारेर विभागले केही सामान बरामद गरेको छ । सुन पगालेर अरु नै वस्तुको स्वरुपमा भारत लैजान प्रयोग गरिएको हुन सक्ने टोखामा भएको छापाबाट खुलेको छ ।