निर्मल पुर्जासबैभन्दा छिटो आरोहणको कीर्तिमानलाई नेपाली आरोही तेन्जिङ शेर्पा र नर्वेजियन पर्वतारोही क्रिस्टिन हरिलाले तोडे

Everest Fuji News २०८० श्रावण ११ मा प्रकाशित       Published at 2023 Jul 27



सङ्खुवासभाका तेन्जेन (लामा) शेर्पा र नर्वेजियन महिला पर्वतारोही क्रिस्टिन हरिलाले ९२ दिनमा १४ वटा हिमाल आरोहण गरेर विश्वकै सबैभन्दा छिटो आरोहणको विश्व कीर्तिमान बनाउनुभएको छ ।

उहाँहरुले आज पाकिस्तानको के–२ माउन्टेनको सफल आरोहण गर्नुभयो ।

सेभेन समिट ट्रेक्सका आरोहण निर्देशक छाङ दावा शेर्पाका अनुसार क्रिस्टिन र तेन्जेनले आज बिहान साढे ११ बजे विश्वको दोस्रो अग्लो चुचुरोमा सफल आरोहण गर्नुभएको हो । योसँगै ८ हजार मिटर अग्ला सबै १४ चुचुरा पूरा गर्ने सबैभन्दा छिटो आरोहीको कीर्तिमान बनेको छ । यो काम ९२ दिनमा सकिएको हो ।

८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण ९२ दिनमा पूरा गरेको एसएसटीका प्रबन्धक थानेश्वर गुरागाईँले पनि बताउनुभयो । यसअघि निर्मल पुर्जाका नाममा रहेको ६ महिना ६ दिनको कीर्तिमान तोडिएको छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.