अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आजै दिउँसाे ४ बजे परराष्ट्रमन्त्रीसँग भेट गर्ने

Everest Fuji News २०८० असार २९ मा प्रकाशित       Published at 2023 Jul 14


काठमाण्डाै – अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउनुभएको छ । अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसियासम्बन्धी मामिला हेर्ने लु दक्षिण एसियाली देशकाे भ्रमणका क्रममा केहीबेरअघि काठमाण्डाैकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएकाे हो ।

उहाँले आजै दिउँसाे ४ बजे परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उहाँले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । भेटमा लुले पाँच सय मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, दुई देशबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने तयारी छ ।

यसअघि नेपाल सरकारले अमेरिकी कार्यक्रम एसपीपी (स्टेट पार्टनरशिप प्रोग्राम) लाई अघि नबढाउने निर्णय गरेपछि लुले नेपाल भ्रमण गर्नुभएको थियो । एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुनु चार महिनाअघि पनि लु नेपाल आउनुभएको थियो ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.