वर्किङ भिसा नदेखिएकोले जोर्डन जान लागेका १ जना पुरुष र १४ जना महिला सहित १५ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिए

Everest Fuji News २०८० असार २५ मा प्रकाशित       Published at 2023 Jul 10


काठमाडौं । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर जोर्डन हिँडेका १५ जना नेपाली कामदारलाई सुरक्षित आप्रवासन (सामी) परियोजना मार्फत तालिम लिएर एससीसी मेनपावर कम्पनी मार्फत जोर्डन जान लागेका उनीहरूलाईत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले आइतबार फर्काईदिएको छ ।

उनीहरूको वर्किङ भिसा नदेखिएको र मिनिस्ट्रि अफ इन्भस्मेन्टले भिसा जारी गर्ने निकायलाई भिसा रिन्यूको लागि अनुरोध गरेको पत्र मात्र भएकाले प्रस्थान दिन नसकिएको जानकारी सहित उनीहरूलाई फर्काईएको अध्यागले जनाएको छ ।आइतबार बिहान १० बजेको एयर अरेबियाको विमानमार्फत जोर्डन जान लागेका १ जना पुरुष र १४ जना महिला सहित १५ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको छ ।





प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.