सगरमाथा क्षेत्र भ्रमणमा रहेका एक जना जापनिज नागरिक तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।
सल्लेरी हुँदै खुम्बु क्षेत्र प्रवेश गरेका ५४ वर्षका हितोशी इशिबा गएको सोमवारदेखि बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कम्पनी र गाइडविना नै एक्लै भ्रमणमा आएका हितोशी सम्पर्कविहीन भएका खबर दूतावासमार्फत् प्रहरीमा आएको जनाइएको छ । उहाँ गएको ९ गते खुम्बुको मन्जो चेकपोष्ट गएको अभिलेख भेटिएको छ ।
त्यसपछि उहाँ कता गए भन्नेबारे खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी राम किशोर शाहले बताउनुभयो । उहाँको खोजी भइरहेको प्रहरीले जनाएको छ ।