
असोज-६,जापान ।
पूर्व उप प्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल जापान सम्बन्धको ६०औ बर्ष पुरा भएको उपलक्ष्यमा सेप्टेम्बर २६ मा इवाते प्रिफेक्चरमा सम्बौधन गर्ने भएका छन। मोरिओका इवाते इन्टरनेसनल एसोशिएसन जापान,नेपाल जापान नागरिक समाज,र इवाते गभर्नर कार्यालयको सँयुक्त आयोजनामा हुन लागेको बिशेष कार्यक्रमलाई उद्घाटन तथा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने बिशेष कार्यक्रम रहेको छ ।
Iत्यो भन्दा अघी सेप्टेम्बर २५ मा जापानमा सक्रिय रहेको राप्रपा नेपालको भातृसंगठन ओनो जापानको छैठौ अधिवेशनमा पनी प्रमुख अतिथीको रुपमा भाग लिने कार्यक्रम रहेको छ ! यि सबै कार्यक्रमहरुमा राप्रपा नेपालका बिदेश बिभाग प्रमुख बिजय खड्का सहित केन्द्रिय सदस्य तथा युवा नेता राजाराम बर्तौला र प्रेम कुमार श्रेष्टको पनी अतिथीको रुपमा उपस्थित रहने छ ।

अधिवेशन पछी जापानमा रहेका पत्रकार ,ब्यवसायी ,बिधार्थी ,बुद्दिजिवी तथा बिभिन्न क्षेत्रमा काम गर्नुहुने नेपाली समुदायहरु सँग अन्तरक्रियाको कार्यक्रम रहेको छ ! जापानमा रहनु भएका पत्रकार, बिधार्थी ,ब्यवसायि, बिभिन्न पेशामा काम गरिरहनु भएका नेपाली दाजुभाई दिदी बहिनीहरु ,पार्टीका भातृसंगठन ,संघ संस्थाहरु सबैलाई हार्दिक आमन्त्रण गर्दछौ ।
टोक्योको कार्यक्रम सिनओकुबोको मुराहलमा हुनेछ
समय : sept.25 2 PM
ओनो जापान