यस वर्षको नोबेल शान्ति पुरस्कार विश्‍व खाद्य कार्यक्रमलाई

Everest Fuji News २०७७ आश्विन २३ मा प्रकाशित       Published at 2020 Oct 09




काठमाण्डाै – यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) लाई दिइने भएको छ । भोकमरीविरुद्ध लड्ने प्रयासको लागि डब्ल्यूएफपीलाई पुरस्कार दिइने भएको हो । 

संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमलाई भोकलाई परास्त गर्न गरेको प्रयास र द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि गरेको पहलका लागि नोबेल शान्ति पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले जनाएको छ । त्यसैगरी डब्लूएफपीले 'भोकमरीलाई युद्ध र द्वन्द्वको अस्त्रका रुपमा प्रयोग हुन नदिन' पनि उल्लेख्य भूमिका खेलेको नोबेल कमिटीले बताएको छ ।

डब्लूएफपीले खाद्य सुरक्षालाई शान्ति स्थापनाको साधन बनाउँदै बहुपक्षीय सहकार्यमा महत्वपूर्ण भूमिका खेलेको नोबेल कमिटीले बताएको छ । त्यसैगरी संयुक्त राष्ट्र संघका सदस्यलाई भोकसँग लड्न एकजुट बनाउन पनि डब्लूएफपीले उल्लेख्य भूमिका खेलेको नोबेल कमिटीले जनाएको छ ।

विश्वकै सबैभन्दा ठूलो मानवअधिकारवादी संस्थाका रुपमा रहेको डब्लूएफपीले सन् २०१९ मा ८८ देशका भोकसँग लडिरहेका करिब १० करोड मानिसलाई सहायता उपलब्ध गराएको थियो ।

यो पुरस्कारको राशि १२ करोड नेपाली रुपैयाँभन्दा धेरै छ ।   

१ सय १ औँ पुरस्कार जित्ने विजेताको नाम नर्वेजियन नोबेल इन्स्टिच्युट ओस्लोमा भएको हा । 

पुरस्कार घोषणपछि डब्ल्यूएफपीका प्रवक्ताले भने, ‘यो हाम्रो लागि गर्वको क्षण हो ।’

बर्सेनि ८८ देशका नौ करोड ७० लाख नागरिकलाई सहयोग गर्दै आएको डब्ल्यूएफपीले जनाएको छ । 

गएकाे वर्ष याे पुरस्कार इथियाेपियाका प्रधानमन्त्री अबी अहमदलाई प्रदान गरिएकाे थियाे । छिमेकी देश इरिट्रियासँगको सीमा विवाद साम्य पारेर शान्ति र अन्तर्राष्ट्रिय सहकार्यमा सहयोग पुर्‍याएबापत प्रधानमन्त्री अहमदलाई शान्ति पुरस्कार प्रदान गरिएको नर्वेको नोबेल कमिटीले बताएको छ । 

यसअघि चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्य का विजेताको नाम घोषणा भइसकेको छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.