कोरोना छल्न विभिन्न देशको पासपोर्ट खरिद गर्दै धनी वर्ग

Everest Fuji News २०७७ श्रावण २७ मा प्रकाशित       Published at 2020 Aug 11


कोरोना छल्न विभिन्न देशको पासपोर्ट खरिद गर्दै धनी वर्ग 

सिएनएन । अधिकांश मानिसहरुका लागि यतिबेला कोभिड महामारीका कारण यात्रा गर्न लगभग असम्भव समान अवस्था छ । तर अत्याधिक धनी र सम्पन्नशाली परिवारहरुले भने कोरोना छल्नकै लागि विभिन्न देशका पासपोर्ट खरिद गरिरहेका छन् । 

आप्रवासन लगानीको क्षेत्रलाई धनीहरुको छुट्टै दुनियाँ पनि मानिन्छ जहाँ नागरिकता वा राष्ट्रियता नभइ पैसा, र उनीहरुको सो देशमा बस्ने इच्छा अनि लगानी हेरेर पासर्पोटको आवेदन दिन पाइन्छ । यसले उनीहरुलाई दुनियाँको जुनसुकै ठाउँमा पनि सजिलै आवत्जावत् गर्ने स्वतन्त्रता दिन्छ । ‘सिटिजन–बाइ–इन्भेस्टमेन्ट’ , सीआइपी अर्थात लगानी अनुसार नागरिक, हुने सम्बन्धी कार्यक्रम केही समय यता ठूलो उद्योगमा परिणत भइरहेको छ जसलाई ‘गोल्डेन भिसा’ को नाम पनि दिइएको छ ।

यसमा अत्याधिक धनी व्वयक्तिहरुले कुनै पनि देशमा बसाइँ सर्न चाहँदा आफूसँग भएको सम्पति त्यस मुलुकमा लगि पोर्टफोलियो विविध बनाउनुका साथै त्यहाँका नागरिक समान, सार्वजानिक सुविधाहरुको लाभ पनि प्राप्त गर्न सक्छन् ।  

पछिल्लो १० वर्षमा २० लाख देखि ५० लाख डलर कूल सम्पति भएका सीआइपी सहभागीको मुख्य उद्देश्य भनेको पृथ्वीभरिको जुनसुकै मुलुकमा स्वतन्त्र रुपमा आवत्जावत् गर्न पाउनु , कर सम्बन्धी लाभहरु प्राप्त गर्नु अनि चाहे अनुसार जीवनशैली अपनाउन पाउनु रहँदै आएको थियो । तर २०१९ को अन्त्यतिर सुरु भएको विश्व महामारी कोभिड–१९ ले भने धेरै धनी परिवारहरुको प्राथमिकता बदलिदिएको छ । अहिले उनीहरु राम्रो स्वास्थ्य प्रणाली, महामारीप्रति उचित प्रतिक्रिया जनाउने र सम्भावित रुपमा सुरक्षित स्थल छनोट गर्ने प्रयास गरिरहेका छन् जसले तिनलाई कोरोना छलेर भविष्यका लागि अतिरिक्त योजना तयार पार्ने मौका दिलाउनेछ । 

‘ग्लोबल सिटिजनसीप एण्ड रेसिडेन्स फर्म’ मा एसियाका प्रमुख डोमिनिक भोलेकले भनेका छन्, “केही समय यता मानिसहरु वैकल्पिक नागरिकता मार्फत इन्स्योरेन्स पोलिसी लिन खोजिरहेका छन् जसले उनीहरुलाई विविध विकल्प चुन्ने मौका दिनेछ । त्यस्तै उनीहरु स्वास्थ्य क्षेत्र अनि महामारीको केकस्तो तयारी छ भन्ने जस्ता विषयमा पनि बढी चासो दिइरहेका छन् । किनकी धनी व्यक्तिहरुले पाँच या दश वर्षसम्मका लागि नभएर १०० वर्षको योजना पहिले नै बनाइराख्ने गरेका गर्छन् । ”

हाल यस किसिमको सीआइपी कार्यक्रम अन्र्तगत बेलायतले सबैभन्दा बढी नागरिक लाभ र अवसरहरु दिलाउँछ तर त्यहाँको नागरिकता विश्वकै सबैभन्दा महङ्गो, २६ लाख डलर बराबर रहेको छ । अमेरिकाको नागरिकता प्राप्त गर्न भने ९ लाख डलर लागत् लाग्छ । 

यसमा नागरिकता सम्बन्धी कार्यक्रममा मोन्टेनेग्रो र साइप्रस सबैभन्दा लोकप्रिय गन्तव्य मानिदै आएका छन् । जहाँ अघिल्लो वर्षको तुलनामा २०२० को पहिलो चार महिनामै क्रमशः १४२ र ७५ प्रतिशत बढी नयाँ निवेदनहरु पठाइएको छ । यसरी अधिक उच्च आयदर भएका धेरै मानिसहरु साइप्रस र माल्टामा बस्नका लागि इच्छुक छन् जसले उनीहरुलाई युरोपियन युनिअन भरि जतासुकै जान र बस्न स्वतन्त्रता दिलाउनेछ । यसका साथै उनीहरुले युरोपभरि नै स्वास्थ्य सेवा र शिक्षाको पनि असिमित पहुँच पाउनेछन् । 

तर यो वर्ष महामारी नियन्त्रण गर्नमा अधिक सफल, न्युजिल्यान्ड र अष्ट्रेलिया यी दुई राष्ट्रमा पनि गत वर्षको तुलनामा लगानी भिसा सम्बन्धी एकदम धेरै सोधपुछ भइरहेको बताइएको छ । यसरी प्रायः धनी परिवारहरु यतिबेला सुरक्षित र विकट ठाउँको खोजीमा छन् ।     



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.