डा. बाबुराम भट्टराईको सम्बोधन जापानमा ऐतिहासिक हुने, पत्रकारलाई पनि उच्च सम्मान

Everest Fuji News २०७३ भदौ २१ मा प्रकाशित       Published at 2016 Sep 06


imageभाद्र-२२, बुधवार , जापान । नयाँ शक्ती पार्टी नेपालका सन्योजक तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई जापानबासी नेपालीलाइ सम्बोधन गर्न यही १७ तारिख जापान आउने भएका छन भने उहाले १८ तारिखमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्बोधन लगत्तै जापानबासी पत्रकारलाई दुताबासमा रात्री भोजको लागि आमन्त्रण गरिएको छ । यसरी नेपालको उक्चस्तरको व्यक्तित्वहरु आउँदा पत्रकारहरुलाई सार्वजनिक रुपमै आमन्त्रित गरिएको सम्भवत: यो पहिलो हो । यसको  मेसो डा. भट्टराई कै भात्री संगठन   प्रवासी संगठन अन्तरराष्ट्रिय नेपाली समाज जापानले(INS Japan)आयोजना गरेको हो । भेला १८ तारिख आइतबारका दिन दिउसो १० देखि ४बजे सम्म आयोजना गरिएको छ ।उक्त अन्तरकृयात्मक भेला टोकियोको हिगासी कोएनजी स्थित सुगीमिनामी कु उमेजातोको(१-२२-३२)सभा हलमा हनेछ । 'नेपालको बिकास र समृद्धिको लागि प्रवासी नेपालीको भूमिका' बिषयक अन्तरकृयात्मक भेलालाई डा: भट्टराई संगै आउनु हुने प्रवास बिभाग प्रमुख नवराज सुबेदीले पनि सम्बोधन गर्नुहुने अन्तरराष्ट्रिय नेपाली समाज (INS japan) जापानका अध्यक्ष पदम ठगुन्नाले बताए । imageभेलामा पत्रकार , समाजसेवी , ब्यापारी ,बिधार्थी , बुद्धिजीवी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीता रहने अन्तरराष्ट्रिय नेपाली समाज (नया शक्ति) टोक्योका संयोजक भुवनशंकर भट्टले जानकारी दिए । भट्टका अनुसार भेलामा जापानका बिभिन्न बिश्वबिधालय तथा कलेजहरुमा अध्ययनरत बिधार्थीहरुको उल्लेख्य सहभागीता रहनेछ । संयोजक डा: भट्टराईले यहा स्थित नेपाली राजदुतावास , नेपाली संचारकर्मी , जाइकाका प्रमुख साथै जापानका केहि बिशेष व्यक्तिहरु संग पनि भेटघाट गर्ने कार्यक्रम मिलाइएको पार्टीका जापान संयोजक पदम ठगुन्नाले जानकारी दिए। संयोजक डा: भट्टराई पार्टीको कोरिया स्थित प्रवासी संगठनले आयोजना गरेको भेलालाई सम्बोधन गरी जापान आउनेछन् । ठगुन्नाका अनुसार संयोजक डा: भट्टराइले जापान भेलालाई बिशेष महत्व दिएको बुझिएको छ । भेलामा सहभागिताका लागि आयोजकले सबै जापानबासी नेपालीमा अपिल पनि गरेको छ । imageराजदुतावासमा  जापानबासी पत्रकार हरुलाई रात्रीभोजको आमन्त्रण : १८ तारिख कै दिनमा जापानबासी नेपाली तथा जापानीलाई १०~ १६ बजे सम्म कार्यक्रमलाई सम्बोधन लगत्तै पत्रकारहरुलाई दुतावासमा रात्री भोजको लागि निमन्त्रणा गरिएको छ । image   image


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.