गैरआवासीय नेपाली संघ, जापानको महासचिव अनुज थापालाईं सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको नेपाल पर्यटन बोर्डले अवैतानिक पर्यटन दुतको रुपमा नियुक्त गरेको छ । जापानमा रहेर पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षासहित २ वर्षका लागि थापालाईं पर्यटन दुतको रुपमा नियुक्त गरेको पर्यटन बोर्डले जनाएको छ ।
जापानमा रहदाँ उहाँबाट नेपालको पर्यटनमा सोचै जत्तिकौ प्रबर्धन हुन सकेमा जापानीजहरुले नेपालको पर्यटनलाई थप नजिकबाट नियाल्ने मौका पाउनेछन् ।
अन्तर्राष्ट्रिय व्यापार र पर्यटन विषयमा स्नातकसमेत गरेका थापा विगत १६ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध हुनुहुन्छ । उहाँ नेपालमा रहँदा वेलब्वाई देखि रिसेप्सनिष्ट हुँदै ट्रेकिङ गाइड, टूर अपरेटर र प्रमुख कार्यकारीको भूमिकामा समेत रहनु भएको थियो । उहाँ टोकियो ट्रान्सलेशन एजेन्सीको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ भने आसाही ग्रुप अफ् कम्पनीजका कार्यकारी निर्देशक हुनुहुन्छ । धादिङ स्थायी निवासी थापा हाल जापान बस्दै आउनु भएको छ ।
नेपाली युवाहरुको माझ उदाउदो ताराको रुपमा निकै अगाडी बढ्दै हुनुहुन्छ । उहाँबाट युवाको क्षेत्रमा निकै आशा लाग्दो कामको अपेक्षा समेत नेपाली युवाहरुले गरेका छन् ।