चीनले पहाडभित्र बनायो स्टिलको ‘ग्रेट वाल’, हाइपरसोनिक मिसाइल आक्रमणबाट चीनलाई बचाउने

Everest Fuji News २०७५ माघ १ मा प्रकाशित       Published at 2019 Jan 15


ऐजेन्सी । विभिन्न नयाँ नयाँ आविश्कारका लागि अगाडि रहेको चीनले कृत्रिम सुर्य बनाउन लागेको खबर केहि अगाडि सार्वजनीक भएको थियो । चीनले फेरि अर्काे आश्र्चयजनक कुरा सार्वजनीक गरेको छ । चीनले ‘अण्डरग्राउन्ड स्टील ग्रेट वाल’ नाम दिएर पहाड भित्र एउटा स्टिलको वाल बनाएको खबर सार्वजनीक गरेको हो ।

८२ वर्षीय चीनका एक वैज्ञानीक किआन किहुका अनुसार यो पर्खाल चीनको उच्च सुरक्षाका लागि निमार्ण गरिएको हो । उनले चीनमा रहेको पुरानो ग्रेट वालले बाह्य सुरक्षा दिने र यस्ले हाइपरसोनिक हमला एवं परमाणु हमलाबाट समेत बताउने दाबी गरेका छन् । किआन किहुलाई मंगलबार चीनको सबै भन्दा ठुलो विज्ञान एवं प्रविधि अर्वाड र ८० लाख युआन रकमसमेत मिलेको छ ।

किआन किहूले चीनको एन्टी मिसाइल अथवा एयर सिस्टम फेल भए पनि यो पर्खालले हाईपरसोनिक, बंकर जस्ता मिसाइललाई ध्वस्त गर्न सक्ने बताएका छन् । हाइपरसोनिक हतियारको गति आवाजको गती भन्दा १० गुणा बढी हुन्छ अर्थात सो स्टिलको पर्खालले हावाको गती भन्दा १० गुणको वेगमा आउने शक्तिलाईसमेत ध्वस्त गर्नेछ । स्मरण रहोस एप्रोक्समेटेली हावाको गती २४३ मिटर प्रतिसेकेण्ड हुन्छ । मार्च २०१८ मा रूसका राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्ना हाइपरसोनिक हतियारको बारेमा बताएपछि अमेरिकाले यस्ता कयौँ हतियारको विकास गरिहरेको खबरले चर्चा पाउने गरेको छ ।

चीनको ग्लोबल टाइ्रम्सका अनुसार उच्च गतीका कारण हाइपरसोनिक हतियारले हावामा आफ्नो बाटो फेरेर एन्टी मिसाइललाई बेकार बनाउन सक्छ । जसका कारण चीनले आफ्नो सुरक्षा मजबुद पार्न यस्तो किसिमको पर्खालको निमार्ण गरेको हो ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.