अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी दिएका छन् ।
आफ्नो लामो समयदेखिको प्रतिबद्धताको सूचिमा रहेको मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि सरकारी कोषबाट बजेटको व्यवस्था गर्न कांग्रेस तयार नभए आफूले राष्ट्रिय आपतकालको घोषणा गरी सीमा पर्खाल बनाउने ट्रम्ले पुनः बताएका हुन् ।
उनले यसअघि पनि राष्ट्रिय आपतकाल लगाउने चेतावनी दिएका थिए । तर बुधबार टेलिभिजनमार्फत गरेको सम्बोधनको क्रममा उनले यसबारे केही बताएका थिएनन् ।
बुधबारको सम्बोधनपछि समस्या समाधानका लागि डेमोक्र्याटिक पार्टीका शीर्ष नेतासँग भएको छलफलको क्रममा बिचबाटै उठेका राष्ट्रपति ट्रम्प सीमा क्षेत्रको भ्रमणमा गएका छन् ।
