Everest Fuji News२०७५ मंसिर १३ मा प्रकाशितPublished at 2018 Nov 29
तस्वीर स्रोत- वासिङ्टन पोस्ट
अफगानिस्तानको राजधानी शहर काबुलमा बुधवार भएको आक्रमणमा ११ नेपाली घाइते भएका छन्।
उक्त घटनामा ४ विदेशीसहित १० जनाको मृत्यु भएको थियो। अफगानी विदेश मन्त्रालयका अनुसार घटनामा ५ बेलायती नागरिक पनि घाइते भएका छन्।
विश्वकै ठूलो सुरक्षा कम्पनी जीफोरएसको कार्यालयमा ५ जना तालिबान लडाकुले आक्रमण गरेका थिए। उनीहरूले कार्यालय बाहिर कार बम विष्फोट पनि गराएका थिए।
मृतक र घाइतेका परिवारजनलार्इ घटनाबारे जानकारी गराइएको जीफोरएसले जनाएको छ।
जुन २०१६ मा काबुलमा भएको आक्रमणमा १२ नेपाली नागरिकको ज्यान गएको थियो। अफगानिस्तान नेपालको श्रम गन्तव्य होइन। बढी तलब भत्ता पाइने लोभमा नेपाली नागरिक अवैध रूपमा युद्धग्रस्त मुलुक अफगानिस्तान पुग्ने गरेका छन्। एजेन्सी