कोठा सफा गर्न अह्राउँदा हजुरआमालाई हाने गोली, गरे आत्महत्या

Everest Fuji News २०७५ कार्तिक २० मा प्रकाशित       Published at 2018 Nov 06


अमेरिकाको एरिजोनामा ११ वर्षका एक बालकले आफ्नै हजुरआमाको गोली हानी हत्या गरपछि आत्महत्या गरेका छन् ।

डोइले हर्बर्टले पुलिसलाई दिएको जानकारी अनुसार उनकी ६५ वर्षे श्रीमती भोन्ने वुडार्डले शनिबार ती बालकलाई आफ्नो कोठा आफैं सफा गर्न अह्राएकी थिइन् ।

मेरिकोपा काउन्टी पुलिस कार्यालयका प्रवक्ता सार्जेन्ट एनरिक्युजका अनुसार उत्तर–पश्चिम फोनिक्सको लिचफिल्ड पार्क इलाकामा बस्ने यी बालकको कस्टडी उनका हजुरबुवा–हजुरआमासँग थियो ।

पुलिसले जारी गरेको बयान अनुसार त्यसै दिन बेलुका उक्त जोडी टिभी हेरिरहेका थिए र एकाएक उनीहरुका नाती पछाडिबाट आएर हजुरआमाको टाउकोमा गोली हाने ।

‘हर्बर्ट त्यसपछि आफ्ना नातीको पछि लागे तर वुडवार्टलाई सहयोग गर्न तत्काल फर्किए,’ पुलिसले बतायो ।

हर्बर्टले श्रीमतीलाई अस्पताल लैजाने तरखर गरिरहेका बेला उनले बन्दुकको अर्को आवाज सुनेको र आफ्ना ११ वर्षे नातीले आत्महत्या गरेको पनि देखे ।

पुलिसका अनुसार उक्त हतियार हर्बर्टको हो र ती बालकले आफूलाई र अन्य कसैलाई हानी गर्लान् भन्ने कुनै शंकासमेत थिएन ।

मेरिकोपा काउन्टी सेरिफको कार्यालयका अनुसार यसबारे अनुसन्धान जारी छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.