इन्डोनेसियामा भूकम्प तथा सुनामी : मृत्यु हुनेको संख्या ४०८, लगातारको परकम्पले उद्धारमा कठिनाई

Everest Fuji News २०७५ आश्विन १४ मा प्रकाशित       Published at 2018 Sep 30


शक्तिशाली भूकम्प तथा सुनामीका कारण चार सय भन्दा बढीको ज्यान गएको इन्डोनेसियाको सुलावेसी आइल्याण्डमा लगातार शक्तिशाली परकम्प आइरहेका छन् ।

लगातार आइरहेका परकम्पका कारण जनजीवन थप प्रभावित भएको छ । शुक्रबार गएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यसका कारण आएको सुनामीले गर्दा ज्यान गुमाउनेको संख्या कम्तिमा ४०८ पुगेको छ । पाँच सय भन्दा बढी घाइते भएका छन् ।

भूकम्प तथा सुनामीका कारण बढी प्रभावित भएको पालु शहरमा भत्किएका घरमा अझै धेरै मानिस पुरिएको आशंका छ । लगातारको परकम्पका कारण उद्धार तथा राहतको काम प्रभावित भएको छ ।

पालु शहर भन्दा बाहिर भएको क्षतिको विवरण अझै आएको छैन । अस्पतालसहितका संरचनामा क्षति पुगेका कारण उपचारमा पनि समस्या भएको छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.