जापानको सुरक्षा परिषदले अमेरिका, ब्रिटेन र अस्ट्रेलिया पछि फ्रान्ससँग पनि ACSA सम्झौता -

Everest Fuji News २०७५ असार ३० मा प्रकाशित       Published at 2018 Jul 14


प्यारीस , फ्रान्स । जापान र फ्रान्स सरकार विच रक्षा तथा सुरक्षा सम्बन्धी सामाग्री आपुर्तिको लागि दुईपक्षिय सम्झौता गरेको आजको जापान टाइम्सले उल्लेख गरेको छ ।

उक्त सम्झौता पत्रमा फ्रान्सको सुरक्षा फौज र जापान विच आत्म सुरक्षाका साथ खाना,पानी , इन्धन र संचार एक आपसमा उपलब्ध गर्ने सम्झौता गरेको छ । जापानले यस्तै किसिमको सम्झौता अमेरिका, अस्ट्रेलिया र ब्रिटेनसँग पनि गरेको छ । यो सम्झौता को लागि गत हप्ता प्रधानमन्त्री शिन्जो आबे र परराष्ट्र मन्त्री तारो कोनो फ्रान्स जाने तयारी गरेको भए पनि पश्चिमी जापानमा बाढीका कारण धेरै जनधनको विनाश भएकोले आबेले आफ्नो भ्रमण रद्द्द गरेका थिए । जापानलको सुरक्षा परिषदले औजार सामाग्रीहरु निशुल्क मर्मत सम्भार फ्रान्स सरकारले गर्ने सम्झौता पनि गरेको छ । यो सबै तयारीको लागि जापानका लागि परराष्ट्र र फ्रान्सका लागि रक्षा मन्त्री बिच ACSA गत जनवरीमा तय भएको थियो ।

   


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.