अमेरिकी गुप्तचर निकायमा पहिलो महिला निर्देशक

Everest Fuji News २०७५ जेठ ४ मा प्रकाशित       Published at 2018 May 18


वासिङ्टन । अमेरिकाको गुप्तचर निकाय सिआइएको निर्देशकमा पहिलो पटक महिला निर्देशक नियुक्ति भएकी छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहाँको गुप्तचर निकाय सीआइएको निर्देशकमा जिना ह्यास्पेललाई सिफारिश गरेका थिए । उक्त सिफारिसलाई अमेरिकी सिनेटले बिहीबार अनुमोदन गरेको छ । यस अनुमोदनसँगै अमेरिकी यो शक्तिशाली निकायको पहिलो महिला निर्देशकका रुपमा जिना ह्यास्पेल नियुक्त भएकी हुन् ।

उनी सिआइएकै कर्मचारी हुन् । सन् २००१ को सेप्टेम्बरमा अल कायदा नामक आतंककारी समूहले अमेरिकामा गरेको आतंककारी हमलापछिको अनुसन्धानको क्रममा उनको निकै प्रभावकारी भूमिका रहेको बताइन्छ ।

उनको अनुसन्धान तहकिकात पद्दति त्यतिधेरै विवादमा परेको थिएन । किनभने अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुसको कार्यकालमा अपनाइएको अनुसन्धानमा यातना दिने कार्य पनि हुने गरेकोले त्यस विषयमा विवाद पनि उत्पन्न हुने गरेको थियो ।

ad ad उनीभन्दा अघिका उक्त निकायका निर्देशक माइक पोम्पेओ हाल अमेरिकाको विदेशमन्त्री छन् । उनले सोही प्रयोजनका लागि उक्त पदबाट राजिनामा दिएका थिए ।

ह्यास्पेललाई अनुमोदन गर्ने क्रममा सिनेटमा रिपब्लिकन र डेमोक्र्याटबीचमा केही विवाद पनि थियो । तर पछि भने उनको नाम बहुमतबाट अनुमोदन भएको थियो । रासस/एएफ़पी



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.