एजेन्सी बैशाख २७, २०७५
टोकियो : जापानका प्रधानमन्त्री सिन्जो आबे र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच उत्तर कोरियासँग हुने शिखर वार्ताका लागि लिने नीतिगत व्यवस्थाका विषयमा बिहीबार टेलिफोनमा कुराकानी भएको छ।
आउदो हप्ता हुन लागेको अमेरिकी राष्ट्रपति र उत्तर कोरियाका सर्वोच्च नेताको शिखर भेटवार्ताबारेमा उहाँहरूबीचमा कुराकानी भएको जापानी विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
जापानको विदेश मन्त्रालयले दिएको जानकारी अनुसार आबेले पछिल्लो समय उत्तर कोरियाले देखाएको व्यवहारको स्वागत गरेका छन्। उत्तर कोरियाले अमेरिकी तीन नागरिकलाई थुनामुक्त गरिदिएकोमा आबेले ट्रम्पलाई बधाई पनि दिएका थिए।
फोनमा जापानी प्रधानमन्त्री आबेले अमेरिका र उत्तर कोरियाबीच हुने शिखर सम्मेलनको तयारीका लागि चिनियाँ प्रधानमन्त्री ली खछ्याङ, दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनबीच भएका छलफलका बिषयमा जानकारी गराएकाे बुझिएको छ।