- एजेन्सी । उत्तर कोरियाली नेता दोस्रोपटक चीन भ्रमणमा गएको रोयटर्सले जनाएको छ । भ्रमणमा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेको चिनियाँ राष्ट्रिय संचार सिन्ह्वालाई उद्धृत गर्दै समाचार लेखेको छ ।
बेइजिङको पूर्वतर्फ रहेको दलिअन शहर पुगेका नेता किमले सोमबार र मंगलबारको भ्रमणमा कोरियाली प्रायद्विपलाई हतियारमुक्त बनाउने विषयबारे चिनफिङसँग छलफल गरेको बताइएको छ । वार्तापछि चिनफिङले पनि कोरियाली प्रायद्विपको स्थायी शान्तिको कामना गर्ने बताउँदै उत्तर कोरियालाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताएको खबरमा उल्लेख गरिएको छ ।
किमका लागि सीले विशेष कार्यक्रमको आयोजना समेत गरेको बताइएको छ । चीनसँगको आर्थिक कारोबार वृद्धि गर्ने सम्बन्धि उत्तर कोरियाको नीतिलाई समर्थन गर्दै पिङले किमको भव्य रुपमा स्वागत गरेको सिन्ह्वाले जनाएको छ ।
ad
यसअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनसँग भेटवार्ता गरिसकेका किम दक्षिणसँगको सम्बन्धमा ऐतिहासिक सुधार ल्याएपछि पुनः चीन भ्रमणमा गएका हुन् । यसअघि भने किम रेलमार्फत चीन पुगेका थिए ।