ट्रम्प र किम जोङबीच हुने भेटलाई लिएर विश्वभर शंका

Everest Fuji News २०७४ फाल्गुन २८ मा प्रकाशित       Published at 2018 Mar 12


प्रदीप अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ अनसँग छलफल गर्नुपूर्व कुटनीतिज्ञसँग छलफल गर्ने भएका छन् । ट्रम्पले दुई देशबीचको भ्रमणलाई लिएर विभिन्न शंका उब्जिएका समयमा कुटनीतिज्ञसँगको छलफलपछि मात्र भेट गर्ने निष्कर्षमा पुगेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प र किमबीचको भेटलाई लिएर अमेरिकी जनताले भने खतराको रुपमा हेर्दै आएका छन् । ट्रम्पले अनुभवी कुटनीतिज्ञसँग परामर्श गर्नुपर्ने आवाज उठेपछि राष्ट्रपछि ट्रम्प परामर्श गरेरमात्रै भेटवार्ता गर्नेमा पुगेको जनाइएको छ । यता अमेरिकी डिमोक्रेटिक पार्टीका नेता तथा पूर्व अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले ट्रम्प प्रशासनले प्योङयाङसँग आणविक निशस्त्रीकरणका बिषयमा वार्ता गर्दाको अनुभवी कुटनीतिज्ञको चयन गर्न वासिङ्टनले आवश्यक तयारी नगरेको बताउँदै आएकीछिन् । क्लिन्टनले अमेरिकी विदेश विभागलाई पछिल्लो समय कमजोर बनाइएको र जसका कारण उत्तर कोरियाली बिषयमा वार्ता गर्न विभागमा विशेषज्ञको अभाव रहेका बताइन् । ( news 24)


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.